कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौँ  /  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरुसहित देशभर प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन पहिले तनहूँमा भएको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाही विरुद्ध प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

७७ जिल्लामा हुने प्रदर्शनमा सक्रिय सहभागिताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र पक्षधरलाई अपिल गरेका छन् ।

देशभर हुने प्रदर्शनलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् । सभापति देउवाले मकवानपुर, वरिष्ठ नेता पौडेलले काठमाडौँ, विमलेन्द्र निधिले भक्तपुर तथा प्रकाशमान सिंहले धनुषामा हुने प्रदर्शनको नेतृत्व तथा सम्बोधन गर्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button