सरकारविरुद्ध देशभर कांग्रेसको शक्ति प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका भेला भएका थिए । उक्त भेलालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् ।

कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।

भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले सभालाई सम्बोधन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button