लिभरपुलका पूर्व प्रशिक्षक युलियरको निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेराड युलियरको निधन भएको छ । ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।
फ्रान्सेली जेराडले सन् १९९८ देखि २००४ सम्म लिभरपुलको प्रशिक्षको भूमिकामा रहेका थिए ।
उनले सो अवधिमा टिमलाई पाँच प्रमुख उपाधि दिलाएका थिए । सन् २००१ मा एफए कप, लिग कप तथा युइएफए कप गरी तीन उपाधि जितेका थिए ।