अमेरिका निर्वाचनमा राष्ट्रपतिमा जो बाइडनको औपचारिक जित

काठमाडौं । राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिइएको छ । निर्वाचन गत नोभेम्बर ३ मा भएको थियो ।

सोमबार राष्ट्रपति चुन्न भएको मतदानमा इलेक्टरहरुले बाइडेनको जीतलाई सदर गरेका हुन्। अमेरिकी राष्ट्रपति चुनावमा जनताले सिधै राष्ट्रपति नचुनेर इलेक्टरहरु चुन्छन्।

उनीहरुले नै औपचारिक रुपमा अमेरिकी राष्ट्रपति चुन्नका लागि मतदान गरेका हुन्। इलेक्टोरल कलेजका सदस्यहरु आआफ्ना राज्यमा जम्मा भएर राष्ट्रपतिका लागि औपचारिक रुपमा मतदान गरेका थिए। बाइडेनले राष्ट्रपति हुनका लागि आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत औपचारिक रुपमा प्राप्त गरेका छन्।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय अझै स्वीकारेका छैनन्। ट्रम्पले पेन्सिलभेनियालगायतका राज्यका इलेक्टरहरुलाई मतदान गर्नबाट रोक लगाउन गरेको कानुनी लडाइँसमेत असफल भइसकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button