आन्तरिक पर्यटनले सौराहमा केहि चहलपहल

विसु गुरूङ, चितवन / देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको सौराहा क्षेत्रमा कोरोना महामारी को समयमा विदेशी पर्यटक शुन्य रहेको बेला पर्यटन व्यापार ओरालो लागेको समयमा आन्तरिक पर्यटकले सौराहा क्षेत्रमा चहलपहल र होटल पर्यटन व्यापारमा केहि आशा जागेको छ भने तारे होटलहरुले कम शुल्कमा आकर्षक प्याकेज ल्याउने योजना तयारी गरि रहेको जानकारी दिनुभएको छ ।
पारिवारिक रुपमा रमाइलो गर्न, जीप सफारी, हात्ती सफारी, ढुंगा सयर, बाघ तथा गैंडा अवलोकनका लागि देशका विभिन्न क्षेत्रबाट सौराहामा आन्तरिक पर्यटकहरु आउनै गरेका छन् ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो ।
करीब ३५ प्रतिशत वनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट मानिन्छ ।
कोरोना महामारीको समयमा पनि अान्तरिक पर्यटक बढेको होटेल व्यवसायहरुले जानकारी दिनु भएको छ ।