संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो।

बालुवाटारमा बसेको उक्त बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको सरकारनिकट स्रोतले जनाएको छ । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button