नेकपा सांसद शीतलनिवासमा

काठमाडौं । राष्ट्रपति कार्यालयमा संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु शीतलनिवासमा पुगेका छन्।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको सहभागी एक सांसदले जानकारी दिए।

संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइन्छ। सोही अनुसार उनीहरु राष्ट्रपति निवास गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल नै नगरी मंगलबार अध्यादेश ल्याएपछि सत्तारुाढ पार्टीभित्रै र प्रतिपक्षबाट समेत त्यसको चर्को विरोध भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुले विशेष अधिवेशन माग गरेका हुन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button