नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री उपस्थित

काठमाडौं । दुई अध्यक्षबीचको छलफलपछि सत्तारुढ नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

सत्तारुढ दल नेकपामा लामो समयदेखि चलिरहेको विवाद र सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि बनेको परिस्थितिमा उचित निकासका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकआपसमा छलफल सकेपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटीको बैठकअघि बिहान एक्लाएक्लै कुराकानी गरेका अध्यक्षद्वयको दोस्रो छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए । सचिवालयमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव ल्याएपछि परिस्थिति विवाद छरपष्ट भएको हो ।

उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले आरोपपत्रको संज्ञा दिँदै खारेज गरेका थिए । उक्त आरोपपत्रको प्रतिउत्तरमा ओलीले अर्को प्रस्ताव सचिवालयमा ल्याएका थिए । प्रस्तावमा ओलीले प्रचण्डको आरोपको जवाफसहित केही प्रश्नपनि उठाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button