कोरोनाबाट थप १३ जनाको मृत्यु, ७३६मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०९१६ पुगेको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।
पछिल्लो समय ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ।
काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा थप ८४७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९४१६ पुगेको छ ।
हाल देशभर ३ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्।
२ सय ८९ जना आइसीयु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।