जागिरको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।

चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडामा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका-२ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँ म्याग्दे गाउँपालिका-७ रानीश्वारा घर भई चाँगुनारायण-७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

प्रहरीका अनुसार भक्तपुर हेल्मेट डाँडास्थित बाटोमाथिको रिसोर्टमा युवतीलाई ललाइफकाइ रेष्‍टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर उनीहरूले जबरजस्ती करणी गरेको अभियोग छ।

उक्त रेष्टुरेन्टमा चेकजाँच गर्दा एक जना १७ वर्षीया युवतीले इच्छाविपरीत डर, धाकधम्की दिई जबरजस्ती ग्राहकसँग पठाएर निश्‍चल उपाध्यायले रिसोर्टको कोठामा ढोका बन्द गरी जबरजस्ती करणी गरेको बताएको प्रहरीले जनाएको छ।

दुवैलाई जबरजस्ती करणीको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई चेकजाँच तथा सोधपुछ गर्दा अवरोध पुर्‍याएको कसुरमा सोही रिसोर्टमा काम गर्ने प्रदीप केसी र अश्‍विन कुँवरलाई पनि पक्राउ गरिएको परिसरले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button