मेडिकल उपकरण लिएर हिमालय एयरलाइन्स् चीनबाट फर्कियो

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको ग्वान्झाउबाट कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर फर्किएको छ । विश्वभर फैलिएको कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले मेडिकल सामग्री आयातमा बढावा दिएको छ ।

हिमालय एयरलाइन्सको ए ३२०–२१४, ९ एन एएलडब्ल्यू हिजो चीनको ग्वान्झाउ चार्टर्ड उडार गरे आज बिहान फर्किएको हो । उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामग्री ल्याएको छ । एयरलाइन्सले पहिलोपटक मेडिकल सामग्री ल्याउन पाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button