ओलीसँगको छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका हुन् ।
ओलीसँग छलफलका लागि प्रचण्ड साढे ३ बजे बालुवाटार पुगेका हुन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने ओलीको प्रतिबद्धता पछि संवैधानिक नियुक्तिहरुबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दावी छ ।
नियुक्तिमा अध्यक्ष प्रचण्डसँग परामर्श गर्ने सहमति हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा भएको थियो । प्रधानमन्त्री ओलीले आजैका लागि संवैधानिक परिषद् र त्यसलगत्तै मन्त्रिपरिषद्को बैठकसमेत बोलाएका छन् ।