संवैधानिक परिषद्को बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नगरि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।

साँझ साढे ५ बजेका लागि बोलाइएको उक्त बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ।

नेकपाको स्थायी कमिटि बैठकमा भएको सहमतिलाई समेत लत्याउँदै प्रधानमन्त्रीले बैठक बोलाएपछि विरोध भइरहेको छ।

अध्यादेश फिर्ता नगरि बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए।

नेकपा नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको बताइएको छ।

उक्त बैठकमा सभामुख र प्रमुख प्रतिपक्षीदलको नेता सहभागी नहुने निश्चित भइसकेको थियो।

विवाद बढेपछि र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समेत अनुपस्थित हुने जानकार आएपछि प्रधानमन्त्री ओलीले आजको संवैधानिक बैठक स्थगित गरेका हुन।

संवैधानिक परिषदको बैठक स्थगित भएपनि बेलुका ६ बजे भने मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

उक्त बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय लिने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button