कोरोनाबाट कुन जिल्लामा अहिलेसम्म कति जनाको मृत्यु ?

काठमाडौं । कोरोना संक्रमणको कारणले नेपालमा मंगलबार साँझसम्म १ हजार ७३० जनाको ज्यान गएको छ ।
काठमाडौंमा मात्रै कोरोना संक्रमणको कारण ४४७ जनाको मृत्यु भएको छ ।
नेपालका १० जिल्लामा भने कोरोना संक्रमणको कारण कसैले ज्यान गुमाउनुपरेको छैन ।
३१ जिल्लामा कोरोनाको कारण १० जनाभन्दा कमको ज्यान गएको छ भने ३८ जिल्लामा १० जनाभन्दा धेरैको ज्यान गएको हो ।
खोटाङमा २०९ जना कोरोना संक्रमित भएकोमध्ये २०१ जनाले कोरोनालाई परास्त गरेका छन् ।
आठ जनाको उपचार भैरहेको खोटाङमा अहिलेसम्म कोरोना संक्रमणको कारणले एक जनाको पनि मृत्यु भएको छैन ।
ताप्लेजुङमा समेत कोरोना संक्रमणको कारणले कसैको ज्यान गएको छैन ।
१५२ जनामा कोरोना संक्रमण भएकोमा ताप्लेजुङमा ३३ जनाको उपचार भैरहेको छ ।
मनाङ कोरोना शून्य भएको जिल्ला हो । मनाङमा पाँच जनामा कोरोना संक्रमण भएकोमा पाँचै जनाले कोरोनालाई परास्त गरेका छन् ।
कोरोनाको कारणले मनाङमा कसैको पनि ज्यान गएको छैन ।
रुकुमपूर्वमा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन ।
१०९ जना संक्रमितमध्ये १०२ जनाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएका छन् । सात जनाको उपचार भैरहेको छ ।
जाजरकोट कोरोना संक्रमितबाट कसैको पनि मृत्यु नभएको जिल्ला हो ।
यो जिल्लामा चार जना कोरोना संक्रमितको उपचार भैरहेको छ भने १०८ जनाले कोरोनालाई परास्त गरेका छन् । यो जिल्लामा ११२ जना कोरोना संक्रमित थिए ।
जुुम्ला अहिलेसम्म कोरोनाको कारणले कसैले पनि ज्यान नगुमाएको जिल्ला हो ।
जुम्लामा ४५८ जना संक्रमित भए पनि ४३१ जनाले कोरोना परास्त गरेका छन् । यो जिल्लामा २७ जना सकृय संक्रमित छन् ।
मुगुमा अहिलेसम्म कोरोनाको कारणले कसैको पनि मृत्यु भएको छैन ।
३५ जना कोरोना संक्रमितमध्ये ३१ जनाले कोरोनालाई परास्त गरेका छन् ।
सल्यानमा ६४९ जना संकृय संक्रमितमध्ये ६३७ जनाले कोरोनालाई परास्त गरेका छन ।
कुनै समय सकृय संक्रमितको संख्या पाँच सयको हाराहारीमा रहेको संल्यानमा मंगलबारसम्म १२ जना सकृय संक्रमित छन् ।
सल्यानमा कोरोनाको कारणले कसैको मृत्यु भएको छैन ।
डडेलधुरामा ६८८ जना सकृय संक्रमित रहेकोमा ६१२ जनाले कोरोनालाई परास्त गरेका छन् ।
यो जिल्लामा ७६ जना सकृय संक्रमितको उपचार भैररहेको छ । यो जिल्लामा कसैको पनि कोरोनाको कारणले मृत्यु भएको छैन ।
बैतडीमा कोरोनाको कारणले कसैको पनि मृत्यु भएको छैन । ६६९ जना सकृय संक्रमितमध्ये ६११ जनाले कोरानालाई परास्त गरेका छन् । ६८ जनाको सकृय संक्रमितका् उपचार भैरहेको छ ।
३१ जिल्लामा ज्यान गुमाउनको संख्या १० भन्दा कम
नेपालका ३१ जिल्लामा संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या १० भन्दा कम छ । संक्रमणको कारणले बाजुरामा एक, बझाङमा एक, दार्चुला चार, डोटी एक, अछाम चार, हुम्ला एक , रुरुकुम पश्चिममा दुई जना , डोल्पा एक जना, दैलेख चार जना, कालिकोट दुइ जना,रोल्पा तीन जना, प्युठान पाँच जना, पाल्पा छ जना, अर्घाखाची सात जना,स्याङ्जा १० जना, बाग्लुङ तीन जना, लमजुङ पाँच जना,म्याम्दी चार जना, मुस्ताङ दुई जना, पर्वत दुई जना, नवलपरासीपूर्व सात जना, सिन्धुली छ जना, रामेछाप सात जना, रसुवामा एक जना , सोलुखुम्बुमा दुइ जना,संखुवासभामा एक जना, इलाममा पाँच जना, भोजपुर दुई जना, उदयपुरमा नौ जना, पाँचथरमा एक जना र ओखलढुंगामा चार जना कोरोना संक्रमणको कारणले ज्यान गएको छ ।
१० भन्दा धेरै मृत्यु हुने जिल्ला ३६ वटा
कोरोनाको कारणले १० जनाभन्दा धेरै मृत्यु हुनेको जिल्ला ३६ वटा रहेका छन् । कोरोनाको कारणले झापामा ३४ जना, मोरङमा ६५ जना, सुनसरीमा ७५ जना, पर्सामा ५४ जना,धनुषामा २६ जना, , बारामा २९ जना, महोत्तरी १९ जना, रौतहट १७ जना,सर्लाही १८ जना, सिराहा २१ जना, काठमाडौं ४४७ जना, नुवाकोट १३ जना, काभ्रे २९ जना, भक्तपुर ९७जना,चितवन ६० जना, मकवानपुर ३३ जना, दोलखा १२ जना, ललितपुर १३७ जना, धादिङ २० जना, सिन्धुपाल्चोक १४ जना, कास्की ७३ जना, गोरखा १३ जना, तँनहु २१ जना, कपिलबस्तु १८ जना, स्याङ्जा १० जना, गुल्मी १० जना,दाङ ३४ जना, नवलपरासी २० जना, बर्दिया १२ जना, बाँके ३७ जना, रुपन्देही ७० जना, सुर्खेत १४ जना, कंचनपुर १० जना र कोरोनाको कारणले ३० जनाको मृत्यु भएको छ ।