ललितपुर महानगरलाई हराभरा र सफा बनाउन आफुहरु लागिपरेकोः मेयर महर्जन

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगर क्षेत्रलाई हराभरा र सफा बनाउन आफुहरु लागिपरेका बताएका छन् ।

बिहीबार महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले अहिले तीब्र गतिमा महानगरलाई हरियाली बनाउन र सर्माट सिटीको परिकल्पनालाई लागु गर्न आफुहरु लागिपरेको बताउनुभएको हो ।

महानगरका सबै सडकमा स्मार्ट लाइट जोड्ने योजनासहित आगामी कार्ययोजना समेत सुनाउँदै उनले महानगर क्षेत्रमा अब चाँडै नै होर्डिङ बोर्ड मुक्त बनाइने मेयर महर्जनले बताए ।

‘कर प्रणालीमा पनि चाँडै व्यापक सुधार हुने र अब कर तिर्नका लागि महानगरमा आउनै पर्ने बाध्यता हट्छ, हामी अनलाइनबाटै सहजै तिर्न सक्ने व्यवस्था मिलाउँदैछौं’ मेयर महर्जनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button