पीएम कप छनौट क्रिकेटः कैलालीलाई ८ रनले हराउदै बैतडी फाइनलमा प्रवेश

२ पुस, बैतडी । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप एकदिवसिय छनौट क्रिकेट प्रतियोगितामा बैतडीले कैलालीलाई ८ रनले हराउदै फाइनलमा प्रवेश गरेको छ ।

कबडहलमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३१.५ ओभरमा अलआउट हुदै १ सय ४५ रन बनाएको थियो । खडक बोहराले २३, राम चन्दले २० तथा गणेश थापाले २२ रन बनाएका थिए ।

कैलालीका नरेन्द्र सावदले ६ बिकेट हात पारे । १ सय ४६ रनको बिजयी लक्ष पच्छ्याएको कैलालीले ३०.५ ओभरमा १३७ रनमा अलआउट हुन पुग्यो ।

कैलालीका लागि सुवास ऐरले ३५ तथा टेक रावतले ३० रन बनाएका थिए । बैतडीका लागि खडक बोहराले ४ राम बहादुर चन्द र गजेन्द्र बोहराले पनि समान दुई-दुई विकेट लिए ।

उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका खडक बोहरा म्यान अफ द म्याज भएका जिल्ला क्रिकेट संघ बैतडीका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । अब अछामसँग बैतडीको फाइनल भिडन्त शुक्रबार हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button