बैतडीमा ट्याकटर दुर्घटना हुँदा एकको मृत्यु

बल्देब सिह नायक / २ पुष, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाबाट सरिया लिएर कुकुरेतर्फ जादै गरेको सु.प.प्र.००१ त ४९५७ नम्बर ट्याक्टर बिहीबार बिहान ९ बजे घोणेटारमा दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का २५ बर्षीय चालक नरेश बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उक्त ट्याक्टरमा अन्य ४ जना पनि सवार रहेका भएपनि उनीहरुले सकुसल रहेका प्रहरीले जनाएको छ ।