नेपाली खानालाई विश्वमा परिचित गराएका सन्तोष बने उपविजेता

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् ।

प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन् ।

प्रतियोगिताको उपाधि बेलायतकै २५ वर्षीय आलेक्स वेबलले जितेका छन् ।

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी बेलायतमै बसेर सेफको रुपमा काम गरेको पनि १० वर्ष भइसकेको छ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए।

प्रतियोगितामा उनले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार बनाएर विश्वभरका लाखौं नेपालीको मन जितेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button