कञ्चनपुरमा युवती मृत फेला

कञ्चनपुरका युवती मृत अवस्थामा फेला परेकी छन। जिल्लाको पुनर्वास नगरपालिका–१ को पुरैनामा २६ वर्षीया साउनी चौधरी बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा फेला परेको बताए।
उनका अनुसार मृतकको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।