बैतडी चमेलिया नदीको किनारमा युवती मृत फेला

बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडी स्थित चमेलिया नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

नदी किनारमा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको भने पहिचान हुन सकेको छैनन् ।

बिहीवार बिहान ८ बजेतिर स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ ।

नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button