पीएम छनोट कप : अछामले जित्यो उपाधि बैतडी १५ रनले पराजित

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधी अछामले जितेको छ ।

कञ्चनपुरको बर्डहलमा जारी फाइनल खेलमा बैतडीलाई अछामले १५ रनले हराउदै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेकोमा ३८ ओभरमा अलआउट हुदै १ सय ६४ रन बनाएको थियो ।

अछामका सुरज तिरुवाले ६१ रन बनाएका थए । सञ्जु दमाईले २४ रन बनाएका थिए ।

बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान तीन तीन विकेट हात पारेका हुन । यस्तै गजेन्द्र बोहराले २ र कप्तान राम चन्दले १ विकेट लिएका थिए ।

अछामले दिएको १ सय ६५ रनको लक्ष पछ्याउने क्रममा बैतडीले २८.१ ओभरमा अल आउट हुदै १ सय ४९ रन मात्रै बनाउन सक्यो ।

बैतडीका लागि बैतडीका लागि प्रदिप चन्दले ३० तथा बिरेन्द्र नाथले २७ रन बनाएका थिए ।

अछामका सुरज तिरुवाले ३ विकेट हात पारेका थिए । म्यान अफ द मयाच पनि तिरुवा नै भए ।

प्रतियोगितामा सर्बाधिक १४ विकेट हासिल गर्ने बैतडीका खडक बोहरा बेस्ट बलर चुनिए भने ।

कञ्चनपुरका किरन ठगुन्ना बेस्ट ब्याट्सम्यान चुनिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नै डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द सिरीज चुनिएका जिल्ला कृकेट संघ बैतडीका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button