जोरबिजोर प्रणाली हटेसँगै आज उपत्यकामा मापसे जाँच सुरु

काठमाडौं । कोरोना महामारीका कारण नौ महिनादखि रोकिएको सवारी चालकहरुको मादक पदार्थ सेवन(मापसे)जाँच सुरु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै स्थानमा मापसे चेकिङ सुरु गरेको हो । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले मापसे जाँच सुरु भएको जानकारी दिए । स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै ब्रेथलाइजर प्रयोग गरिने उनको भनाइ छ ।

ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गरिने उनले बताए । बाटोमा त्यसको सरसफाइ सम्भव नहुने भएकाले पछि कार्यालयमा ल्याएर सफा गरिने उनको भनाइ छ ।

रातको समयमा मापसे जाँचमा थप कडाइ गरिने उनले बताए । यस्तै ट्राफिक कारवाहीमा परेकाहरुलाई भने अनलाइन कक्षाकै व्यवस्था गरिएको छ ।

सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणालीसमेत उपत्यकामा आजबाट हटेको छ । जोर-बिजोर हटेसँगै उपत्यकामा सवारीसाधनको चापसमेत बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button