बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

आज साँझ साढे ४ बजेको समयमा मेलौली नगरपालिका ९ को असुरपाबाट मेलौली तर्फ आउदै गरेको सु प प्र ०१००२ त ४५७७ नं को खाली ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका वडा नं ९का ३२ वर्षीय नारायण भट्ट र सोहि नाम गरेका सोहि ठाँउका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कैलालीको गौरीगंगा नगरपालिका २५ वर्षीय चालक अमृत चौधरी घाइते भएका छ्न।

चालकको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button