रुखमा झुण्डीएको अवस्थामा एक युवकको शब फेला

रुखमा झुण्डीएको अवस्थामा एक युवकको शब फेला परेको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नं. १ स्याँउले स्थायी घर भएका २२ बर्षीय तिलक दियालको शब फेला परेको हो ।

मंसिर २ गते देखि घरबाट बेपत्ता भएका दियालको खोजी कार्य गर्दा उनको शब आज शनिबार दिउसो २ बजेको समयमा नजिकैको जंगलमा रुखमा झुण्डीएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृतकको शब अहिले पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button