कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, ७१० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५३१८४ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ।
कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको छ।
नेपालमा थप ११७५ जना कोरोना संक्रमित निको भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४२५६७ पुगेको छ ।