संसद बिघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन् ।
राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्बोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ ।