कांग्रेसले बोलायो आकस्मिक रूपमा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको हो ।

कांग्रेस सभाति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आकस्मिक बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको देउवाले बताए ।

उक्त बैठकले संसद विघटनको सिफारिसमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button