संसद् विघटनको सिफारिश गर्ने सरकारको कदम अधिनायकवाद उन्मुख : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको सिफारिश गर्ने सरकारको कदम अधिनायकवादउन्मुख भएको टिप्पणी गरेका छन् ।

उनले संसद् विघटनको कदमको कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने जनाए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा देउवाले अधिनायकवादउन्मुख कदमप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गरेका हुन् ।

‘प्रतिनिधिसभा विघटनको सिफारिश असंवैधानिक छ ।

अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ ।

संविधानविपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।

यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ,’ देउवाले लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेश लिने भन्दै संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button