प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशब्यापी बिरोध प्रदर्शन गर्ने

काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री र मन्त्रीहरु रहेको मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको विरोधमा सत्तारूढ दल नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने भएका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिने भन्दै तीन बजे माइतिघर मण्डलामा प्रदर्शन राखिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सह-संयोजक रञ्जित तामाङले जानकारी दिए ।

नेकपाभित्रको विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघटनको सिफारिस गरेका छन् ।

यसैबिच नेपाल प्रहरीले सरकारको कदमविरुद्ध विरोध हुनसक्ने आँकलन गर्दै देशभरका आफूमातहतका निकायलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button