प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद्को बैठक

काठमाडौं । संसद विघटन गर्दै मध्यावधी निर्वाचनको घोषणा गरेका प्रधामन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

विकसित राजनीतिक घटनाक्रमले सुरक्षामा उत्पन्न हुने खतराका बिषयमा छलफल गर्न र निर्देशन दिन ४ वटै सुरक्षा निकायका प्रमुखलाई प्रधामन्त्री ओलीले बालुवाटार बोलाएका छन्।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने छन्।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै देशभर उच्च सुरक्षा सर्तकता अपनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button