पूर्वसभामुख महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले पूर्वसभामुख महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने बैठकले निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सभामुख भएपछि पूर्वमाओवादी नेता महराले पार्टीको सदस्यता स्थगित गरेका थिए। महरामाथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका थिए। उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।
यस्तै नेकपाको आजको बैठकले, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय पनि गरेको छ। बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उनलाई कारबाही गर्ने निर्णय भएको हो। ओलीलाई कारबाही गर्ने निर्णय भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि प्रवक्ता श्रेष्ठले बताए।