पत्रकार विद्यार्थी संगठन बाँकेको संयोजकमा शाही

यमु कडेल, बाँके / पत्रकार विद्यार्थी संगठन बाँकेको प्रथम बैठक कोहलपुरमा सम्पन्न भएको छ। बैठकले किशोर शाहीकाे संयाेजकत्वमा ९ सदस्यीय समिति निर्माण गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले नेपालको पत्रकारितालाई जरै देखि सुदृढिकरण गर्न संगठन निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बाँके संगठनका संयोजक शाहिले प्रगतिशील विद्यार्थीहरुलाई संगठित गर्दै निष्पक्ष पत्रकारिताबाट समाजको रुपान्तरण गर्ने काममा सबै संचारकर्मी लाग्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो।
संगठनले यहि आउदो माघ १२, १३ र १४ गते ३ दिने आधारभुत पत्रकारिता तालिमको आयोजना गर्ने निर्णय गरेको छ।