भोलि बिहान ९ बजे ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए ।
यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।