ओली र प्रचण्ड/माधव पक्षको छुट्टा-छुट्टै केन्द्रीय समिति बैठक आज

काठमाडौं । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचन मिति घोषणा गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद निर्णायक चरणमा पुगेको छ ।

मंगलबार(आज) ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ तथा नेता माधव नेपाल पक्षले आआफ्नै केन्द्रीय समिति बैठक बोलाएको छ । यसले नेकपा फुटको औपचारिक कसरतहरु सुरु गर्नेछन् ।

पार्टीका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित सोमबार जारी गरिएको विज्ञप्तिमा अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न आज १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी थियो ।

सोमबार प्रधानमन्त्रीले आफू निर्वाचित र कार्यकारी अध्यक्ष भएको भन्दै नेकपाको आधिकारिक निर्णयमा आफ्नो मात्र हस्ताक्षर हुनुपर्ने बताएका थिए ।

ओली पक्षीय केन्द्रीय समिति बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा ओली पक्षले प्रचण्डलाई कारबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाउने तयारी गरेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button