ओली पक्षधरले बुझायो आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका केपी ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली बुझाएका छन्।

मंगलबार बिहान केपी ओली पक्षधरको सूची आयोगमा बुझाएको हो। प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक मंगलबार बिहान बालुवाटारमा बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी सदस्यहरु थपी नाम निर्वाचन आयोगमा पठाएको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको नामावली आयोगमा प्राप्त भएको जानकारी देशसञ्चारलाई दिए। ‘नामावली आएको छ, कतिजना भन्ने हेर्न पाएको छैन,’ श्रेष्ठले भने।

नेकपा दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक बबरमहलस्थित कार्की ब्याक्वेँटमा भइरहेको छ। बैठकले छलफलका लागि नौवटा एजेन्डा तय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button