नेकपा अध्यक्षमा माधव नेपाल चयन

काठमाडौं । माधव नेपाल नेकपाका अध्यक्ष बनेका छन् । केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउदै नेपाललाई बनाउने निर्णय प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले गरेको हो ।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ ।

बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।
बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य उपस्थित थिए । नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button