माधव नेपाललाई अध्यक्ष बनाएको पत्र लिएर प्रचण्ड-नेपाल समूह भोलि निर्वाचन आयोग जाने

काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको पत्र निर्वाचन आयोगमा लैजाने निर्णय गरेको छ। उक्त समूह बुधबार १० बजे निर्वाचन आयोग जान लागेको हो ।

प्रचण्ड नेपाल समूहले २ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको बताए।

अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा आफूहरुको पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी उनीहरुको छ ।

नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।

राजनीतिक र संवैधानिक नियुक्ति पाएका र मृत्यु भएकाको संख्या घटाउँदा ४ सय ३५ सदस्यीय कमिटि हुने उक्त समूहको भनाइ छ।

आजै बसेको बैठकले केपी ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button