विप्लवले गरे ५ जिल्लामा बन्दको आह्वान

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले भोलि ५ जिल्लामा बन्दको आह्वान गरेको छ। आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को हिरासतमा मृत्यु भएको भन्दै सो पार्टीले बन्दको आह्वान गरेको छ।

हिरासतमा राजनीतिक आस्थाकै आधारमा उपचार नगरि उनलाई मृत्युको मुखमा धकेलेको विप्लव नेकपाको आरोप छ।

अदालतले पटकपटक रिहा गर्न आदेश दिएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्दै आएको थियो।

उच्च रक्तचापका कारण हिरासतमै अचानक ढलेका पुनलाई अस्पताल नगलेर कारागारमा लगिएको, समयमै आफन्तलाई खबर नगरेको आरोप प्रशासनमाथि परिवारले लगाएको छ।

सो पार्टीको धौलागिरी ब्युरोले विज्ञप्ति जारी गर्दै ब्युरो अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङ जिल्ला बन्दको आह्वान गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button