केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं ।केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ ।

बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।
बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य उपस्थित थिए ।

नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button