नेकपाको ओली समुहमा बैतडीका ५ जना केन्द्रीय कमिटीमा

७ पुस, बैतडी । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । बैतडीबाट उक्त कमिटीभित्र पाँच जना मनोनीतमा परेका हुन ।
पुर्व अर्थराज्यमन्त्री एवम प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, लिलाधर भट्ट, पुस्करा राज जोशी “लख्खाभाई”, नरेश बिक, जानकी अवस्थी केन्द्रीय महाधिवेशनको कमिटीको मनोनीत सदस्यमा परेका हुन ।
आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।