प्रचण्ड बने नेकपा संसदीय दलको नेता

काठमाडौं । माधव नेपाल र प्रचण्ड समूहको नेकपाले पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ।
मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा यसअघि रहेका केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता चुनेको हो।
पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार(आज) गरेको प्रस्तावलाई प्रचण्ड नेपाल समूहको संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।
प्रचण्ड नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।
ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेकोले उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए ।
नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।