ओली समूहको केन्द्रीय सदस्य पद २० नेताले अस्वीकार गरे

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिई केन्द्रीय सदस्यमा मनोनित गरेपछि धेरैले केन्द्रीय सदस्यको पद अस्वीकार गरिरहेका छन्।

आधिकारिक नेकपा भएको प्रमाणित गर्न र बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी पेश गर्न ओलीले मंगलबार केन्द्रीय समिति विस्तार गरेका थिए।

थाहै नदिई आफ्नो नाम राखिएको भन्दै नेताहरुले ओली समूहको पद अस्वीकार गरेका हुन। साथै उनीहरुले प्रचण्ड-नेपाल समूहलाई आफ्नो साथ रहने समेत बताएका छन्।

यी हुन हालसम्म ओली समहुको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने नेताहरु:

१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ

२) गोपाल बुडाथोकी–झापा

३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री

४) सुन्दर वि.क–नेकपा बारा जिल्ला सचिव

५) कमलेश झा–नेकपा प्रदेश २ सदस्य

६) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य

७) बृहस्पति अधिकारी–नवलपरासी

८) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख

९) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य

१०) टिका खडका-दाङ

११) नेत्र पन्थी-रुपन्देही

१२) नन्द किसोर ढकाल-रुपन्देही

१३) देबी बस्याल-पाल्पा

१४) आशोक शाही

१५) कमल श्रेष्ठ-पाल्पा

१६) यज्ञ वोगटि -अछाम

१७) कल्याणी चौधरी-बारा, प्रदेस सदस्य ।

१८) भैरे कामि-अछाम

१९) राम दंगाल-सचिव जिल्ला कमिटि खोटांग

२०) गगन विष्ट-गुल्मी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button