बैतडी : जिप दुर्घटना १ जनाको मृत्यु, ३ घाईते

बैतडी / जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि बिहीबार बिहान छुटेको से १ ज ८४३ नम्बरको बेलोरी जिप जयपृथ्बी राजमार्गको सुर्नया गाउँपालिका ७ आलगैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनाबाट बझाङको बुंगल नगरपालिका ११ का जिप चालक अन्दाजी २७ बर्षिय धन बहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी जनक धामीले जानकारी दिनुभयो। अन्य ३ जना घाईते भएका छन् ।
घाईते हुनेमा बैतडीका पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० बर्षिय गंगादत्त भट्ट , सोही ठाउँका ३५ बर्षिय जनक भट्ट र बझाङको बित्थडचिर गाउँपालिका १ का २७ बर्षिय हरिश बोहरा घाईते भएका हुन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
उनीहरुलाई उपचार लागी डडेल्धुरा अस्पताल पठाईएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिव १ सय मिटर तल खसेको छ । जिपमा चालक सहित ४ जना सवार रहेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।