चिनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन सक्रिय रहेकी चिनियाँ राजदूत होउ यान्छीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डसँग आज बिहान भेट गरेकी छन् ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्ला घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
राजदूत र अध्यक्ष प्रचण्डको भेटमा समसायिक विषयमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यसअघि पनि पटक पटक नेकपामा विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली, प्रचण्ड र माधव नेपालसँग भेट्ने गरेकी थिइन् ।
राजदूतले मंगलवार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् । चीनले नेकपा विभाजन नहोस भन्ने चाहेको थियो ।