थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण, ७३९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ६ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ५ हजार ५ सय १० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

थप ६ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३९ जना कोरोना संक्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म २ लाख ४७ हजार ४ सय जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button