उच्च सम्भावनाको धनी राष्ट्रका युवाहरुको विलाप

सुदूरपश्चिम नेपालको पश्चिमी भूभाग हो । तराई पहाड र हिमाल सम्म फैलिएको सुन्दर क्षेत्र हो सुदूरपश्चिम ।
ठूला तथा साना नदीहरु हजारौं झरना खोलानाला इनार पोखरीहरूले फरक-फरक विशेषता बोकेको पाइन्छ ।वनजंगल जडीबुटीहरूको त अझै पनि पहिचान भएको छैन।
पुरातात्विक र प्राकृतिक हजारौं गुफाहरु प्रवर्द्धन बिना ब्यवारिसे भइरहेका छन् । सुदूरपश्चिमका धेरै जिल्लाहरुमा सुनखानी, तामाखानी, कोईलाखानी, फलामखानी, लगायतका बिभिन्न खानीका भण्डारहरु छन।
बझाङमा त खानीकै नामबाट ठाउँका नामहरू राखेका छन। जस्तै सुनि गाड, सुनिकोट खप्तड, अपि सैपाल, लगायत असिमित विकासका सम्भावनाहरुको मुटु सुदुरपश्चिम दक्ष जनशक्ति, प्रशोधन उपकरण बिना र देशको लगानी बिना प्राकृतिक सम्पदाको धनी देश लज्जित भइरहेको छ कारण धनी राष्ट्रका गरीब विचारशील जनता र नेताहरूको चेतनाको गतिले गर्दा, बिकसित देशहरुले हाम्रो जस्ता देशका साना-साना टुक्रा पाएपनि त्यही टुक्राले विश्वलाई थर्कवान गरेर हल्लाउँछन् ।
हाम्रो देशले विभिन्न बहुमूल्य स्रोतहरुको भण्डार पाएको छ जसलाई सदुपयोग गर्न नजानेर गरिबीको दल-दलमा लज्जित छौ।
साँच्चिकै नेपाल सम्भावनाहरूको मूल हो जहाँ बहुमूल्य कुराहरूको खानी नेपालका विभिन्न ठाउँमा अवस्थित छन् जसलाई उत्खनन गरी यहाँका विभिन्न चट्टानहरुलाई वैज्ञानिक उपकरणहरू प्रयोग गरी चट्टानहरूलाई सुनमा परिणत गर्ने हो भने नेपालको विकासको गति कहाँसम्म पुग्थ्यो होला ?
जडिबुटीहरुलाई प्रशोधन गरी विभिन्न बहुमूल्य औषधि उत्पादन गर्यो भने नेपालको विकासको गति पक्कै तीब्र हुन्थ्यो होला नेपालमा काम गर्न चाहने जोश जाँगर, सीप र कौशलले भरिएका हजारौं, लाखौं युवाहरुले परिवार, समाज, आफन्त तितरबितर पार्ने बाध्यता सिर्जना भएको छ जुन हजारौं युवाहरुलाई, लाखौको युवाहरुलाई नेपालमै रोजगार प्रदान गर्नको लागि विभिन्न खानीहरु उत्खनन् गर्ने प्रक्रियामा नेपाल सरकारको लगानी भए पक्कै पनि नेपालले विकासको फड्को मारिसक्थ्यो ।
हाल पनि बाध्यताको झोला बोकेर छातिमाथि ढुङ्गा राख्दै बैदेशिक यात्रा गर्नुपर्ने बाध्यता जिवितै रहेको छ वैदेशिक यात्राको क्रमका लाइनमा रहेका एक युवाले भन्नुभयो यदि हाम्रो देशमा नेपाली युवाहरूको लागि र नेपालको विकासको लागि विकासशील र देशमै केही उद्योगधन्दा कलकारखानामा लगायत कामहरु दिएको भए दोब्बर हाम्रो रगत र पसिना हामी हाम्रो देशमा बगाउन चाहन्छौं ।
सरकार अब कतिसम्म अनि कहिले सम्म स्वाभिमानी देशको इज्जतलाई बिलिन बनाइराख्ने र नेपालीहरूको रगत र पसिना विदेशमा रगताम्मे बनाउने कहिलेसम्म यसरी लम्पसार रहने सरकार ?
यि यस्तै हजारौ प्रश्नका उत्तरहरु बैदेशिक रोजगारीमा ज्यान गुमाएका आत्माहरुले पनि खोजिरहेछन।