कांग्रेसद्वारा १३ गते १६५ निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ।

वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन् ।

आज बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button