प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान ९ ३० बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ ।

प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ ।

कार्यकर्ताहरु पनि आउने क्रम जारी रहेको छ ।

नेकपा विभाजन भएको अवस्थामा अप्रिय अवस्था आउन नदिन सुरक्षाकर्मीको परिचालन बाक्लो बनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button