मन्त्रिपरिषद् पुनगर्ठनः थपिए ८ मन्त्री र एक राज्यमन्त्री (सूचिसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गर्नुभएको छ । उहाले एक मन्त्री र एक राज्यमन्त्रीलाई विदा गरेर ८ मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गर्नुभएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनाइएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृदयश त्रिपाठीलाई दिइएको छ ।
महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । त्यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।
यसअघि उनी सहरी मन्त्री रहेका थिए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।
नयाँ र थप जिम्मेवारी हेरफेर
टोपबहादुर रायमाझी – उर्जा, जलस्रोत तथा सिँचाई
हृदयेश त्रिपाठी – स्वास्थ्य तथा जनसंख्या
कृष्णगोपाल श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि
प्रभु शाह – सहरी विकास
भानुभक्त ढकाल – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
मणिचन्द्र थापा – खानेपानी
पद्माकुमारी अर्याल – कृषि तथा पशुपन्छी विकास
गौरीशंकर चौधरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
शिवमाया तुम्बाहाङफे – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ – कानुन, न्याय तथा संसदीय मामिला
गणेशसिंह ठगुन्ना – संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले – वन तथा वातावरण
जुलीकुमारी महतो – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दाबा लामा तामाङ – युवा तथा खेलकुद
विमला वि.क. – राज्यमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति