कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा चयन

यमु कडेल, बाँके । कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
जेसिजको सचिबालयमा आज सम्पन्न अधिवेशनको सभापतित्व कोहलपुर जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष रबिन गौतमले गर्नुभयो ।

अधिबेशनले जुनियर जेसिजको वर्ष २०२१ का लागि बिष्णु शर्माको अध्यक्षतामा ९ नयाँ कार्यसमिति चयन गरेको छ । नयाँकार्य समितिको कार्यकारिणी उपाध्यक्षमा बिपशा राज भण्डारी, यमु कडेल, उपाध्यक्षमा मुनम भण्डारी, महिमा थापा, रिश्ता बिसि, राकेश खड्का कोषाध्यक्षमा गणेश भण्डारी सर्वसम्मत चयन भएका छन् भने पिआरओमा प्रसन्न काफ्ले मनोनित भएका हुन् ।

कार्यक्रममा बोल्दै जेसिज वर्ष २०२० का अध्यक्ष गौतमले यो २०२०मा कोरोना कहरका कारण हामीले सोचे जति कार्यक्रम गर्न नसकेको तर कोरोनाकै समयमा पनि विभिन्न किसिमको अनलाईन तालिम सुचारु गरेको बताउनुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ निर्वाचित कार्यसमितिका साथीहरूले सोचे भन्दा पनि धेरै कामहरु गर्ने बताउनुभयो ।

नव निर्वाचित २०२१ का अध्यक्ष शर्माले नयाँ कार्यसमितिको काँधमा एक गहन जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले २०२० मा कोरोना कहरले गर्दा सम्पन्न हुन नसकेको काम अब २०२१ मा त्यो बाँकी कार्यलाई पुर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोहलपुर जेसिज वर्ष २०१५ का पुर्व अध्यक्ष पवन थापा, वर्ष २०२० का कोषाध्यक्ष ईश्वरी प्रसाद शर्मा, वर्ष २०२० का महासचिव राम प्रसाद पाण्डे र जेसिजका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button